शतप्रतिशत हकप्रद बिक्री गरेको जेबिल्स फाइनान्सले फेरि ४० प्रतिशत बिक्री गर्ने

Nov 16, 2017 merolagani

एक महिना अगाडि शतप्रतिशत हकप्रद सेयर बिक्री गरेको जेबिल्स फाइनान्स (JEFL) ले पाँच बराबर दुई अर्थात ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।



हकप्रद निष्काशन सम्बन्धी सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी लाल नकर्मी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

फाइनान्सको गत असार २३ गते सम्पन्न विशेष साधारणसभाले ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । जस अनुसार कम्पनीले २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

जेबिल्सले गत असोज १ गते देखि असार मसान्तसम्म कायम चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँको शतप्रतिशत अर्थात २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयरको विक्री गरेको थियो ।

उक्त हकप्रद पूँजीकरण पश्चात फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार पुग्छ । उक्त पूँजीको फेरी ४० प्रतिशत अर्थात २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गरेपछि फाइनान्सको पूँजी राष्ट्र बैंकले तोकेअनुसार नै ८० करोड पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।