कतारले विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल तोक्यो

Nov 17, 2017 merolagani

आप्रवासी श्रमिकहरुमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल अर्थात् झण्डै २ सय अमेरिकी डलर तोकेको हो ।

 

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आइरहेको थियो ।

कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं । अब यससम्बन्धि सबै निर्णय श्रम मन्त्रालयले अनुमोदन गर्नेछ ।’

नउमीले न्यूनतम तलबका अतिरिक्त विदेशी कामदारहरुले निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धि सेवाहरु प्राप्त गर्ने बताए । यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समीक्षा गरी पुनः वृद्धि गर्न सकिने सरकारी अधिकारीहरुले बताएका छन् ।

कतारले सन् २०१५ मा श्रम मामिलामा सुधारको सुरुवात गरेको हो । जसमा श्रमिकहरुलाई विधुतीय रुपमा ९बैंक खाता मार्फत० आफ्नो तलब प्राप्त गर्ने अनुमति दिइएको थियो । अघिल्लो बर्ष कतारमा कफला प्रणाली आलोचित बनेको थियो । यसको सट्टामा अनुबन्ध प्रणली (सम्झौता गर्ने प्रणाली) सुरु गर्ने कार्य भइसकेको छ ।

नाउमीले कतार सुधारमा आधारित कार्य गर्ने आश्वासन दिदै भने, कतारको प्रयास यतिमै सकिदैन, यो एक दीर्घकालीन प्रतिवद्धता हो र हामी आगामी दिनमा थप सुधारका कामहरु गर्नेछौँ ।’

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।