कञ्चनले हकप्रदमा अवितरित सेयर मंसिर १५ गतेदेखि लिलामी गर्ने

Nov 23, 2017 Merolagani

कञ्चन डेभलपमेन्ट बैंक (KADBL@) ले सर्वसाधारण समूहको १४ हजार ५६५ कित्ता सेयर मंसिर १५ गतेदेखि लिलामी गर्ने भएको छ । बैंकले यसअघि असार ३० देखि भदौ १ गतेसम्म जारी गरेको ३९ हजार ५०० कित्ता हकप्रदमा अवितरित भएको सेयर लिलामी गर्न लागेको हो ।

सेयर लिलामीको लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तोकिएको छ । बैंकले लिलामी सेयरका लागि मंसिर १५ गतेदेखि मंसिर २६ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन पाइने जनाएको छ । 

लिलामी आवेदन बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमलबाट आवेदन फारम भर्न सकिने छ । काठमाडौं बाहिरका आवेदकले भने ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज र सुर्खेत शाखाबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यसैगरी कञ्चन डेभलपमेन्ट बैंकको शाखा कार्यालय धनगढीबाट पनि आवदेन फारम भर्न र बुझाउन सकिने छ । तोकिएका सबै संकलन केन्द्रहरुबाट बोलकबोल आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी दिने उल्लेख छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । उसले यस अवधिमा एक करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा कायम गरेको छ । बैंकको सेयर विहीबार २३६ रुपैयाँमा कारोबार भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।