सेयरमा लगानीगर्नेहरु थपिदै, डिम्याट खाता खोल्नेको संख्या झण्डै दश लाख पुग्यो

Nov 27, 2017 merolagani

नेपालको सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । सेयर बजार अभौतिक भएपछि हितग्राही खाता खोल्नेहरु झण्डै दश लाख पुगेका छन् ।



केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार मंसिर ११ गते सोमबारसम्ममा ९ लाख ८६ हजार ५४७ वटा हितग्राही खाता खोलिएको छ। सि -आश्वा सेवा दिने कम्पनीको संख्या मात्रै १८ पुगेको छ । ६४ संस्थाहरुले डिपी सेवा प्रदान गर्दे आइरहेका छन । ५० ब्रोकर र तीनका दुई दर्जन बढी शाखा मार्फत सेयर कारोबार हुँदै आएको छ ।

सीडीएससीमा हितग्राही खाता खोल्नेहरु मध्ये सबैलाई अलग अलग गणना गरिएको मान्न पनि सकिदैन । एउटै लगानीकर्ताले फरक फरक निक्षेप सदस्यको कार्यालयमा धेरै हितग्राही खाता खोल्ने भएकाले एउटै ब्यक्तिलाई दशपटक गणना गरिएको पनि हुनसक्छ ।

हितग्राही खाता खोलिएकाहरुमा कतिपयको एउटै सेयर कारोबार नभएको पनि हुनसक्छ । त्यसैले हितग्राही खाता खोलेकाहरुले दोस्रो बजारमा प्रबेश गरेर सेयर किनबेचमा संलग्नभईरहेका छन् भने अनुमान लगाउनु पनि तथ्यपरक हुनसक्दैन । यदि एउटै ब्यक्तिले एउटा मात्र हितग्राही खाता खोल्न पाउने भएको भए त्यसलाई वास्तविक संख्याको रुपमाा लिन सकिन्थ्यो ।

नेपाल स्टक एक्सचेन्जमा दैनिक सरदर ६ हजार कारोबारहरु हुने गरेको छ । कतिपय लगानीकर्ताले एउटै कम्पनीको सेयर पटक, पटक र एकैजनाले धेरै कम्पनीको सेयर किनबेच गर्ने हुनाले वास्तविक लगानीकर्ताको संख्या पत्ता लगाउनु कठिन कुरा हो । सीडीएससी र नेप्सेका अधिकारीहरु पनि एकै दिन कति जनाले प्रत्यक्ष रुपमा सेयर किनबेच गर्छन भन्न नसकिने बताउँछन् ।

केही दिन अगाडि मात्र सिसिडएसीले एकै व्यक्तीले दुई भन्दा बढी डिम्याट खाता संचालन गरेको भए त्यस्ता खाता ३५ दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो ।

दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको खाता रोक्का हुने

सेयर बजारमा सहभागी हुने लगानीकर्तालाई लगानीकर्ता पहिचान कार्ड बितरण गरिएमा भने त्यसले वास्तविक संख्या पत्ता लगाउन सहयोग गर्ने छ किनभने एउटै लगानीकर्ताको एउटा मात्र बिशेष पहिचान नम्बर हुने भएकाले त्यसबाट वास्तविक लगानीकर्ताको पहिचान सजिलै खुल्ने र संख्याको बारेमा यकिन हुने छ ।

निचोडमा भन्दा पहिलेको तुलनामा सेयर बजारमा लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेको छ तर यत्ति नै संख्या पुगेको छ भन्न चाँही अहिले कसैले पनि सक्दैन । बजार सुधार र बिस्तारको क्रम तीब्र हुँदै जाँदा आगामी दिनमा लगानीकर्ताहरु अरु बढ्ने छन् । करिब करोड जनसंख्यामा कम्तिमा पाँच प्रतिशतले सेयर बजारमा प्रत्यक्ष सहभागिता जनाए भने पनि १५ लाख जना थपिदा सेयर बजारको कारोबार रकम कत्ति होला ? अनुमानकै बिषय मात्रै हो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।