१० प्रतिशतले किन बढ्यो युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ? चौधरी ग्रुप सर्वोच्च जाँदै

Nov 30, 2017 Merolagani

पुनरर्बीमा कम्पनीबाट बीमा रकम नपाएर समस्यामा परेको युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य बिहीबार एकाएक दश प्रतिशतले बढेको छ । धेरै लगानीकर्ता अरु कम्पनीको सेयरमा रमाउँदै गर्दा युनाइटेडको सेयरमा अधि खरिद चाप देखिएको थियो । यसका बिच युनाइटेडको साढे ३४ हजार कित्ता सेयर किनबेच भएको छ ।

३४ हजार कित्ता सेयर कारोबार हुँदा किन १० प्रतिशतले मूल्य बढ्यो भन्ने प्रश्न आम लगानीकर्तामा उत्पन्न भएको छ । उच्च अदालत पाटनले दिएको आदेशले कम्पनीको सेयरमूल्यमा उछाल आएको हो । यद्यपी उक्त आदेश अनुसार कम्पनी अघि बढ्दा पनि अवस्था के हुन्छ भन्नेमा लगानीकर्ताले आँखा चिम्म गरेको देखिन्छ ।

सिजी इलोट्रोनिक्सले नैकापमा आफ्नो गोदाममा भएको दावी वापत लगेको २५ करोड रुपैयाँ बीमा कम्पनीलाई फिर्ता गर्न आदेश दिएको छ । अदालतको आदेश अनुसार युनाइटेडले सीजी इलेक्ट्रोनिक्सबाट २५ करोड रुपैंया रकम फिर्ता लैजानेछ । यो समाचारको असरले बजारमा बिहीबार युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यस क्रममा उसको प्रतिकित्ता सेयर मूल्य १२२ रुपैंयाले महँगिएको छ । १ हजार ३ सय ४७ रुपैंयामा अन्तिम पटक कम्पनीको कारोबार भएको छ । बिहीबार अधिक कारोबार भएको कम्पनीको मात्र ४ करोड ५५ लाख रुपैंयाको सेयर किनबेच भएको छ ।

अर्बपति विनोद चौधरीको चौधरी ग्रुप अन्तरगत सीजी इलेक्ट्रोनिक्स तथा युनाइटेड इन्स्योरेन्स सञ्चालित छन् । ५ वर्ष पहिले नैकापस्थित सीजी इलेक्ट्रोनिक्सको ४ वटा गोदाममा आगलागी भएपछि युनाइटेड इन्स्योरेन्सबाट आंसिक रुपमा २५ करोड रुपैयाँ दावी भुक्तानी संकलन गरेको थियो । आगलागीमा ५८ करोड रुपैंयाको क्षती भएको विबरण सर्भेयरले निकालेका थिए ।

उच्च अदालतको आदेश पछि २५ करोड रुपैंया बीमा कम्पनीलाई फिर्ता गर्नुको साटो चौधरी ग्रुप सर्वोच्च अदालतको शरणमा जाने बुझिएको छ ।

भूकम्पका बेला अपार्टमेण्ट काण्डमा पुनरबीमा कम्पनीबाट पनि युनाइटेडले रकम पाउन सकेको छैन । अपार्टमेण्टको बीमा प्रकृया फरक शैलीको भएका कारण त्यसलाई पुनरबीमा कम्पनीले स्वीकृत नगरेका कारण युनाइटेड अहिले समस्याबाट गुज्रिरहेको छ । २५ करोड फिर्ता हुने आशमा बिहीबार नै बजारमा करोडौं रुपैंयाको पूँजीकरण बढेको छ । यसले लगानीकर्तालाई झनै जोखिममा पारेको छ । भोलि सर्वोच्चले विषय उल्ट्याएको खण्डमा अहिले उचालिएर सेयर किन्नेहरु जिल खाने निश्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।