सान्जेनको साढे ८७ करोडको आइपीओ आएपनि सर्वसाधरणले भर्न नपाउने

Dec 13, 2017 merolagani

चिलिमे हाइड्रोपावर (CHCL) को सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनी (SJCL)ले आइपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको हो ।

जसअनुसार साञ्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको एकसय रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्नेछ । यो आईपीओमा आम सर्वसाधारणले भने लगानी गर्न पाउने छैनन् ।

बोर्डका अनुसार पहिलो चरणमा निष्कासन हुने यो आइपीओमा कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउनेछन्।

कम्पनीले समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि १ प्रतिशत, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३.५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९.५ प्रतिशत गरी कुल २४ प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

सान्जेनको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–निष्कासशन तथा बिक्री प्रबन्धकमा एन.सी.एम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।

 

साञ्जेनले रसुवा जिल्लामा सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीलाई सेयर बिक्री गरेपछि कम्पनीले स्थानीय बासिन्दालाई सेयर बिक्री गर्नेछ र त्यसपछि मात्र सर्वसाधारणमा सेयर जारी गर्नेछ । 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।