सांग्रिलाको ८०% हकप्रद पुस १७ गतेदेखि खुल्ने, यी स्थानबाट गर्न सकिन्छ आवेदन

Dec 14, 2017 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १० बराबर आठ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेकाे थियाे ।

यसअनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रिला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

हकप्रदमा अावेदन गर्ने अन्तिम दिन माघ २१ गते रहेकाे छ । बैंककाे जेठ १९ गते सम्पन्न १२ अाैं बार्षिक साधारण सभाले ८० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेकाे थियाे ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले ताेकेकाे दुई अर्ब ५० करोड पूँजी गत आर्थिक बर्षको बोनस वितरण गरि कायम गर्ने बैंकले जनाएको छ ।

सांग्रिला बैंकले चालु आवको प्रथम त्रैमासमा चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १२ रुपैयाँ ०९ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।