आगामी सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुन्छ : ओली

Dec 21, 2017 merolagani



नेकपा एमालेका अध्यक्ष तथा आगामी सरकारको प्रधानमन्त्रीको रुपमा हेरिएका केपी शर्मा ओलीले आगामी सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुने बताएका छन् । विहीबार ओलीलाई बधाई तथा शुभकामना दिन पुगेका ब्रोकर एशोसिएसनका पदाधिकारीलाई ओलीले अब बन्ने सरकारले पूँजी बजारलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।



आफूलाई बधाइ दिन आएको ब्रोकरहरुको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बताए ।‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्’ ओलीले भने ‘तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ । ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाए ।

ओलीले ब्रोकरहरुलाई भने,‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धुमिल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’

निरन्तर बजार घटिरहेको बेला समयमा बजारको चिन्ता गर्दे ओली भेट्न पुगेका ब्रोकरहरुलाई ओलीले पूँजी बजार कुनै एक पार्टी सिद्धान्तले चल्ने होईन, बजारमा फैलाइएका अफवाहरु मित्था हुन् । पूँजी निमार्ण नगरी देश बन्दैन, ’पूँजी बजार देशको अर्थतन्त्रको ऐना भएकाले यसको विकासले नै समग्र देशको विकास हुन्छ,’ ओलीले ब्रोकरहरुसँग भने ।

सो भेटमा पूँजी बजारमा सरकारले भ्याट लगाउन लागेको गुनासो ब्रोकरले गरेका थिए। ओलीले भ्याट लगाउने भन्दा पनि त्यसको दायर फराकिलो पार्नुपर्ने बताए। त्यस्तै ब्रोकरहरुले नेप्सेको सुदृढीकरण, बजारको विस्तार, सेयर बजारलाई पूँजी निमार्णको आधार बनाउन अब बन्ने सरकारले ध्यान दिनुपर्ने बताएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यो साताभर बजार निरन्तर घटेको छ । विहीबार पनि नेप्से १३ अंक तल झरेर बन्द भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।