युनार्इटेडले रणनितिक साझेदार भित्र्याउन २१ लाख कित्ता थप संस्थापक सेयर जारी गर्ने

Dec 23, 2017 Merolagani

युनाईटेड फाइनान्स (UFL) ले भारतको कोचीस्थित मुत्थहुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्राउने भएको छ । मुत्थहुटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता थप संस्थापक सेयर दिएर फाइनानसले साझेदार बनाउने भएको हो । 

युनाईटेडले अघिल्लो साधारण सभा (२२ औं) बाट पारित १९ प्रतिशत बोनसबाट नै राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड रुपैयाँ कायम हुने भएपछि यसअघि जारी गर्ने भनेको २० प्रतिशत हकप्रद जारी नगर्ने भएको छ । 

कम्पनीले पुस २९ गते शनिबार विहान ११ बजे अम्रपाली बैंकेट भाटभटेनीमा २३ औं बार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभाले चुक्ता पूँजी ६७ करोड २७ लाखको १९ प्रतिशत बराबरको १२ करोड ७८ लाख १३ हजार ९७० रुपैयाँको बोनस पारित गर्न लागेको हो । साधारण सभाका लागि पुस १४ गतेदेखि बुकक्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 भारतको मुत्थहुट  फाइनान्सलाई रणनितिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम सहित १९० रुपैयाँका दरले २१ लाख कित्ता संस्थापक समूहको थप सेयर जारी गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

नियामक निकायको निर्देशन अनुरुप फाइनान्सको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक सबै संसोधनहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा जीवन तथा निर्जीवन बीमा कम्पनीकाे एजेण्ट भई कार्य गर्ने, सम्बन्धित निकायको स्वकृति लिई धितोपत्र दलाल तथा निक्षेप सदस्य भई कार्य गर्ने व्यवस्था थप गर्ने मुख्य प्रस्ताव रहेका छन् ।

सभामा सर्वसाधारण सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकलाई एक कार्यकाल निरन्तरता प्रदान गर्ने र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्ताव समेत समावेश रहेका छन् ।

comments powered by Disqus