४० प्रतिशत हकप्रदका लागि प्रभु बैंकले तोक्यो बुक क्लोज

Dec 26, 2017 merolagani

प्रभु बैंक (PRVU) ले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २१ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर ४ अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।


बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बैंकको हकप्रद सेयरमा आवेदन गर्न पउनेछन् । जस अनुसार पुष २० गतेसम्म कायम रहेका सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन् ।

प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डले पुस ६ गते ४० प्रतिशत हकप्रदको स्वीकृती प्रदान गरेसँगै सो परिमाणको सेयर थपिने भएको हो ।

बैंकको हकप्रद सेयरको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रदपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।