मंगलबार कुन कम्पनीको कतिमा भयो बानेस सेयरको मूल्य समायोजन ?

Dec 26, 2017 Merolagani

मंगलबार हिमालयन बैंक, जनता बैंक, शाइन रेसुंगा डेभलपमेण्ट बैंक र किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार उल्लेखित सबै कम्पनीहरुको प्रस्तावित बोनसलाई दोस्रो बजारको सेयर मूल्यमा समायोजन गरिएको हो ।

हिमालयन बैंकको २५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ६७१ रुपैंया कायम गरिएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य ८५९ रुपैंया रहेको छ ।

जनता बैंकको १४.४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य २०४ रुपैंया कायम गरिएको नेप्सेले जनाएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य २५३ रुपैंया रहेको छ ।

त्यसै गरी शाइन रेसुंगा डेभलपमेण्ट बैंकको २५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ३१३ रुपैंया कायम भएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य ३२० रुपैंया रहेको छ ।

किसान माइक्रोफाइनान्सको २०.१२५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १९६५ रुपैंया कायम गरिएको छ । माइक्रोफाइनान्सको प्रतिकित्ता सेयरको आधार मूल्य १९२१ रुपैंया रहेको छ ।

उल्लेखित चार कम्पनीको सेयर मंगलबार पछि किन्ने लगानीकर्ताले बोनस पाउने छैनन् । आइतबारसम्म सेयर खरिद गरेकाले मात्र प्रस्तावित बोनस पाउनेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।