जथाभावी विदेश भ्रमण र पुरस्कार लिन बैंकहरुलाई राष्ट्र बैंकको अंकुश

Dec 26, 2017 merolagani

नेपाल राष्ट्र बैंकले आफ्नो माताहतका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको विदेश भ्रमण र बैंकले प्राप्त गर्ने अन्तराष्ट्रिय पुरस्कार आफ्नो अनुमतिबिना नर्गन/नलिन परिपत्र गरेको छ । मंगलबार एक सूचना जारि गर्दै राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहयोग गरेको आधारमा कुनै पनि बैंकले विदेशी पुरस्कार तथा सम्मान ग्रहण गर्न नपाईने जनाएको हो ।

 

राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाले पुरस्कार र सम्मान ग्रहण गर्नु पर्ने अवस्था आएमा पुरस्कार तथा सम्मान कार्यक्रमबारे राष्ट्र बैंकलाई अग्रीम जानकारी हुनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

जथाभावी लिने पुरस्कार तथा सम्मानको वैधानिक हैसियत र आधिकारीता पुष्टी गर्न वित्तीय संस्थाले राष्ट्र बैंकमा पुरस्कार तथा सम्मान प्रदान गर्ने संस्थाको सबै कागज पत्र पेश गर्न भनेको छ । त्यस्तै राष्ट्र बैंकले पुरस्कार र सम्मान ग्रहण गर्न जाने पदाधीकारीले गर्ने खर्च मितव्ययी हुनु पर्ने जनाएको छ ।

सोही परिपत्रमा राष्ट्र बैंकले वित्तीय संस्थाका अध्यक्ष, सदस्य र कार्यकारी अधिकृत तथा अन्य पदाधीकारीको भ्रमण पारदर्शी बनाउन आग्रह समेत गरेको छ । अब कुनै पनि वित्तीय संस्थाका अध्यक्ष, सदस्य र कार्यकारी अधिकृत तथा अन्य पदाधीकारी विदेश भ्रमणमा जादा सम्पूर्ण कार्यतालिका राष्ट्र बैंकलाई पेश गर्नु पर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स


comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।