कर संकलनको दायरा बढ्दै

Jan 01, 2018 RSS

भीमदत्तनगर,(रासस) आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ । केही वर्षयताको राजस्व संकलन तथ्यांक हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि २१ प्रतिशतसम्म बढी राजस्व संकलन गरेको छ ।

निजी क्षेत्र, उद्योगी, व्यवसायीमा अझै पनि कर तिर्ने बानीको विकास सहज नभएको अवस्थामा कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर तिर्ने बानीको विकासका लागि समन्वयको अभाव देखिएको बताए ।

“कार्यालय कर संकलनका हिसाबले मुलुकमै महत्वपूर्ण स्थानमा आउँछ ।” प्रमुख कर अधिकृत शर्माले भने “करदाताले राजस्व समयमा नबुझाउँदा स्वयंलाई घाटा हुने भएकाले सचेत हुनु आवश्यक छ ।” उनले कर संकलनका विषयमा उद्योग वाणिज्य संघ लगायत वस्तुगत संघको समन्वयकारी भूमिका आवश्यक रहेको समेत बताए।

भ्याटमा दर्ता नभएर एउटै नम्बरमा समेत तीन/चार वटा व्यवसाय गरेको तथा बिना इजाजत पनि अन्तशुल्कजन्य कारोबार गर्ने गरेका शर्माले बताए । उनले निजी क्षेत्र, उद्योगी, व्यवसायी र कर प्रशासनबीच समन्वयको आवश्यकता रहेको बताउँदै आगामी दिनमा त्यसका लागि ठोस कार्ययोजना सहित अगाडि बढ्ने तयारी रहेको बताए । प्रमुख कर अधिकृत शर्माले करदाता शिक्षा प्रभावकारी बनाउनुका साथै अनुगमन तथा कर नतिर्नेलाई कारबाहीको दायरामा ल्याइनेमा जोड दिए ।

कार्यालयले चालु आवका सात महिना (मंसिर मसान्त) सम्म ५२ करोड ९८ लाख ९७ हजार राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले एक अर्ब १९ करोड ३१ हजार ५०० राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आव २०७०/ ०७१ मा ५० करोड ४४ लाख ५२ हजार राजस्व संकलन भएको छ । जुन लक्ष्यभन्दा १६ प्रतिशतले बढी हो ।

त्यस्तै आव २०७१/०७२ मा  ६० करोड ३५ लाख ८८ हजार राजस्व संकलन गरिएको कार्यालयका नायब सुब्बा भीमबहादुर विष्टले जानकारी दिए । सो वर्षमा १२ प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।

कार्यालयले वार्षिक राजस्व संकलनको दायरा बढाउँदै आव २०७२/०७३ मा ७४ करोड ३३ लाख ९१ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । सो वर्ष पाँच प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको देखिन्छ ।

त्यसैगरी आव २०७३/ ०७४ मा कार्यालयले ९७ करोड ४८ लाख ८६ हजार राजस्व संकलन गरेको छ । चार वर्ष अघिसम्म वार्षिक लक्ष्य ४३ करोड रहेको कार्यालयले हाल एक अर्ब १९ करोड लक्ष्य लिएर कर संकलनको दायरा निकै फराकिलो पार्दै लगेको भए पनि बैतडी जिल्लाबाट राजस्व संकलन अन्य जिल्लाका तुलनामा कम हुने गरेको छ ।

चार वर्षयता मुअकर चार करोड बक्यौता संकलन बाँकी रहेको छ । आयकर तर्फ पनि २०७० सालयता चार करोड ५० लाख बक्यौता संकलन बाँकी देखिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।