यूनियन लाइफको ६४ करोडको आइपीओ एसबिआई मर्चेण्टले बिक्री गर्ने

Jan 05, 2018 merolagani



युनियन लाइफले साढे ६४ करोडको आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिग लिमटिेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे । 

कम्पनीको पहिलो बार्षिक साधारणसभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरको हो ।

युनियन लाइफले एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।