पूँजी बजारको स्थायित्व र विस्तारका लागि थपिँदै सामुहिक लगानीकोष

Jan 07, 2018 merolagani

धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसर समेत सिर्जना भइरहेको छ । एकपछि अर्को गर्दे पछिल्लो समय बैंकहरुले सहायक कम्पनी मार्फत म्युचुअल फण्डको निष्काशन गर्ने क्रम बढ्दो छ ।

यसैक्रममा सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले पनि नेपालको पूँजी बजार विस्तारमा सघाउन सिटिजन्स् म्युचुअल फण्ड संचालनमा ल्याउने भएको छ ।

क्यापिटलले एक अर्ब रुपैयाँको सिटिजन्स् म्युचुअल फण्ड १ को १० करोड इकाई माघ २ गतेदेखि बिक्री गर्देछ ।

प्रति ईकाई १० रुपैयाँँको दरले लगानीकर्ताले एक सय इकाईदेखि २० लाख ईकाईसम्मकालागि आबेदन गर्न सक्ने छन् । सबै ईकाई बिक्री भएमा माघ ७ गते बिक्री बन्द हुनेछ भने निश्काशन गरिएको भन्दा कम माग भएको अबस्थामा माघ १७ गतेसम्म आबेदन खुल्ला रहने कम्पनीले जनाएको छ ।

तोकिएको रकम एक अर्ब रुपैयाँ भए पनि लगानीकर्ताको माग आवेदन बढी भएमा कोषको आकार २५ प्रतिशतसम्म बढाउन सकिनेछ ।

यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । यसले पनि ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने जनाएको छ । सेयरबजारमा लगानी गर्ने उदेश्यका साथ संचालनमा आएका सामुहिक लगानीकोषहरु बढ्दै जादा बजारको स्थायित्व तथा बृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् । साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ ।

हाल बजारमा यो समेत गरी १४ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन् । एनआईसी एशिया क्यापिटलले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई माघ २ गतेदेखि बिक्री गर्न लागेको छ । ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल क्यापिटल अनुमतिका लागि पाईपलाइनमा रहेका छन् ।

सि.बि.आई.एल क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । सि.बि.आई.एल क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

एनआईसी एशियाको ग्रोथ फण्डको निष्कासन पनि माघ २ गते बाटै

त्यस्तै एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई माघ २ गतेदेखि बिक्री गर्न लागेको छ ।

७ बर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डले एक अर्ब बराबरको १० रुपैयाँँ अंकित मूल्य दरका १० करोड ईकाइ सर्व(साधारणमा बिक्री गर्न लागिएको छ । फण्डले छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्म निष्कासन खुल्ला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशियाले जनाएको छ।

आवेदकले आस्वा सदस्यमा सहभागि सबै वित्तीय संस्थाबाट न्यूनतम १०० इकाई तथा अधिकतम २० लाख इकाई सम्मको लागि आवेदन दिन पाउने एनआईसी एशियाले जनाएको छ।  बढी माग आवेदन परेमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था रहेको छ । फण्डमा आवेदन गर्ने अन्तिम दिन माघ ८ गते रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।