स्पर्स लघुवित्तले २ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने

Jan 07, 2018 merolagani

पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार आइपीओ जारी गर्ने भएको छ । संस्थाको प्रथम वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।



हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको चुक्तापूाजी ८ करोड पुग्नेछ ।

साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै गरी साधारण सभाले प्रा.डा. सुशिल भक्त माथेमा, डा. सुरेन्द्र न्यौपाने र जनता बैंकको तर्फबाट अजय कुमार मिश्र गरी ३ जनालाई संचालकमा निर्वाचित गरेको छ । साधारण सभा पछि बसेको संचालक समितिको बैठकले प्रा.डा. सुशिलभक्त माथेमालाई अध्यक्ष चयन गरेको छ ।

संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३४ सय सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट ५२ औं लघुवित्त संस्थाको रुपमा अनुमति पाएको स्पर्स लघुवित्तले १० जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।