सरकारी कर्मचारी सहित सबै सन्चयकर्तालार्इ डिम्याट खाता खाेल्न लक्ष्मी क्यापिटलकाे अनुराेध

Jan 07, 2018 merolagani



लक्ष्मी क्यापिटलले सान्चेन, मध्य भोटेकोसी, रसुवागढी आयोजनाको सेयरमा आवेदन गर्नका लागि डिम्याट खाता खोल्न सन्चयकोषका संचयकर्ता, निजामति कर्मचारी र सर्वसाधारण लगानीकर्तामा अनुरोध गरेको छ ।

 मध्य भोटेकोसी बिद्युत आयोजनाको शेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल हो । चिलिमे जलबिद्युत परियोजनाको सहायक यी आयोजनाहरुको आइपीओ आउने क्रममा रहेका छन् ।

क्यापिटलले सन्चयकोषका सन्चयकर्ता, निजामति कर्मचारीहरुलाई समेत यी परियोजनामा शेयर छुट्याएकोले उनीहरूलाई डिम्याट खाता खोल्न अनिवार्य गरेको हो ।

देशभर रहेका लक्ष्मी बैकका शाखाहरुबाट डिम्याट खोल्न सकिने जानकारी दिँदै क्यापिटलले कर्मचारी सन्चयकोषको ठमेलस्थित कार्यालयमा पनि काउन्टर खोली डिम्याट खाता खोल्ने व्यवस्था गरिएको जनाएको छ  ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।