४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

Jan 08, 2018 merolagani

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंक (CBL) का एक कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । विश्वस्त स्रोतका अनुसार सिभिल बैंकको बौद्ध शाखामा कार्यरत एक कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन् ।



सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा उक्त रकम सारेका थिए । त्यसपछि डंगोलले सिभिल बैंकको आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए ।

डंगोलले पटक पटक गरी उक्त रकम आफु र आफ्ना आफन्तको खातामा पठाएको पाइएपछि बैंकको उजुरीको आधारमा सिआइबीले प्रकाउ गरेको हो । सिआइबीले डंगोललाई भने सार्वजनिक गरेको छैन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।