आरएसडिसीको सेयरको लिलामीको अन्तिम दिन मूल्यमा अस्वभाविक उतारचढाव, कति हाेला कटअफ मूल्य ?

Jan 08, 2018 Merolagani

आरएसडीसी लघुवित्त (RSDC) को दुई सय प्रतिशत हकप्रदमा अवितरित सेयरको लिलामी अवधिमा कम्पनीको सेयरमूल्यको उतारचढाव रोमाञ्चक देखिएको छ । यसको बोलपत्र भोली अर्थात पुस २५ गते दिउँसो ३ बजे एनआईबिएल क्यापिटल मार्केट लाजिम्पाटमा खुला हुँदैछ ।

लिलामी आउने प्राय जसो सबै कम्पनी सेयरमूल्य लिलामी अवधिमा घटेकै देखिन्छ । बढी मूल्यमा लिलामी सकार्दा लिलामीपछि हुने सेयर बजाको घटवढले प्रतक्ष्य प्रभाव पर्ने भएकाले लिलामी सकार्नेले पनि बजारमूल्यभन्दा १० देखि २० प्रतिशत कम मूल्यमा लिलामी सेयर सकार्न चाहन्छन् ।

आरएसडिसी लघुवित्तले हकप्रद बाँडफाँड गरेको सूचना प्रकाशित गरेको दिन मंसिर १९ गते लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १३०० रुपैयाँ रहेको थियो जुन दिन नेप्से १५२४ अंकरमा रहेको थियो । हकप्रद बाँडफाँडले कम्पनीको सेयर संख्या बढ्ने भएपछि कम्पनीको सेयरमूल्य क्रमश घट्दै गएर लिलामी सूचना प्रकाशित भएको दिन पुस २ गतेसम्म आईपुग्दा १२८५ मा घटेको देखिन्छ ।

फोटोलाई ठुलो बनाएर हेर्न फोटोमा क्लिक गर्नुहोस्.....

लिलामीमा राखिएको सेयरमा आवेदन दिने पहिलो दिन पुस ११ गते लघुवित्तको सेयरमूल्य बाँडफाँड सूचनाको प्रकाशित दिनको तुलनामा प्रतिकित्ता ७० रुपैयाँले घटेर १२३० रुपैयाँमा झरिसकेको देखिन्छ । यस समयमा बैंकमा निक्षेप अभावका कारण बजार घट्दो क्रममा रहेकाले नेप्से पुस ११ गते १४४७ अंकमा झरेको थियो ।

तर लिलामी खुला भएको छैटौं आवेदन दिनसम्म घटेको लघुवित्तको सेयरमूल्य अन्तिम दिन पुस १८ गते मात्रै ह्वात्तै बढ्नुलाई भने लिलामी बजारमा अर्थपूर्ण रुपमा हेरिएको छ । यस दिन नेप्से परिसूचक २ अंकले बढ्दा कम्पनीको सेयरमूल्य अपत्यारिलो किसिमले ४.१२ प्रतिशत अर्थात ४८ रुपैयाँले बढेको छ । यसदिन कम्पनीको सेयर कारोबार ११४२ रुपैयाँमा खुला भएकोमा अधिकतम १२३५ रुपैयाँसम्म पुगेपनि केही घटेर १२१३ मा बन्द भएको थियो ।

अघिल्लो दिन पुस १७ गते सेयर बजारमा नेप्से परिसूचक ४४ अंकले बढेर सबै कम्पनीको मूल्य आकासिँदा समेत लघुवित्तको सेयरमूल्य ३ रुपैयाँले घटेको कम्पनीको मूल्य अन्तिम दिन मात्र बढ्नुलाई केहीले चलखेलको प्रभाव पनि भनेका छन् । पुस १८ गते बढेपनि फेरी कम्पनीको सेयरमूल्य घट्दो क्रममा रहेको छ ।

अन्तिम दिन मूल्यमा अस्वाभाविक वृद्धिले कम्पनीको साधारण सेयरको कटअफ मूल्य बजारमूल्यको हाराहारीमा नै आउनसक्ने लिलामीको जानकार बताउँछन् । लघुवित्तको सेयर कतिमा बोलकबोल गर्नेले सर्कालान् त्यो भने भोलीमात्र थाहा लाग्नेछ ।
हुन त लिलामी समयमा सेयर मूल्यमा चलखेल भएको आशंका गरिएको आरएसडिसी एउटा मात्र यस्तो कम्पनी होईन, सबैजसो कम्पनीको सेयर लिलामीको समयमा मूल्यमा केही अस्वभाविक उतारचढाव देखिने गर्दछ ।

चलखेलबाट लिलामीको सेयर उच्च मूल्यमा प्राप्त गर्नु वा कटअफ मूल्यमा सेयर प्राप्त गर्नुलाई पनि लिलामीको सफलता मान्न सकिन्न । सफलता त त्यति बेला पाईन्छ जब लिलामीकर्ताले कम्पनीको सेयरमूल्य हकप्रद सूचीकरण हुँदा कायम रहेको मूल्यभन्दा बोलकबोलबाट न्यून मूल्यमा सेयर प्राप्त गर्न सक्दछ । दोस्रो बजारमा नै लिलामी कटअफ भन्दा सस्तो मूल्यमा सेयर पाउने अवस्था आएमा भने बोलपत्र दातालाई असफलता मात्र मिल्नेछ ।

आरएसडीसीले पुस ११ गतेदेखि १८ गतेसम्म ९३ हजार २७ कित्ता साधारण सेयर तथा एक लाख दुई हजार ६८० कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।

लघुवित्तले गत असोज २ देखि कात्तिक २० गतेसम्म दुई सय प्रतिशत बराबरको २३ लाख कित्ता हकप्रद विक्री गरेको थियो । जसमा २१ लाख चार हजार २९३ कित्ता सेयर विक्री भएको थियो । बाँकी लिलामी कम्पनीले गरेको हो ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा आरएसडिसीले ५६ लाख ८५ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७७ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य सोमबार ११८० रुपैयाँमा कारोबार भएको छ ।

आरएसडिसी लघुवित्त रुपन्देहीमा प्रधान कार्यालय रहेको राष्ट्र बैंकबाट अनुमति प्राप्त घ बर्गको थोक लघुवित्त सेवा प्रदान गर्ने कम्पनी हो । जसले २०७५ असार मसान्तभित्र ६० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि कम्पनीले ३६ करोड रुपैयाँ चुक्ता पूँजीबाट ६० प्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव मंसिर ८ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।