२४ कम्पनीको साढे एक लाख कित्ता सेयरमा खुल्यो लिलामी

Jan 10, 2018 Merolagani

सिद्धार्थ क्यापिटलले आफ्नो स्वामित्वमा रहेको बिभिन्न २४ वटा कम्पनीको एक लाख ४७ हजार ४१२ कित्ता सेयर बुधबारदेखि लिलाम बढाबढमा विक्री खुला गरेकाे छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ लगानी वृद्धि योजना १ परिपक्व भएपछि सेयर विक्री गर्न लागेको हो । 

सिद्धार्थ म्युचलफण्ड अन्र्तगत सञ्चालित उक्त सामूहिक लगानी कोष योजना पुस ९ गते परिपक्क भइसकेकाले मंसिर १३ गते धितोपत्र बोर्डको निर्देशन अनुसार योजना खारेजीमा लैजान कोषको स्वामित्वमा रहेका सेयरहरु बिक्री गर्न लागिएको हो ।

इच्छुक लागनीकर्ताले पुस २६ गतेबाट लिन चाहेको सेयर संख्या र मूल्य खुलाई के कतिमा लिन चाहेको हो सो खुलाई ७ दिन भित्र (माघ २ गते) बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र पेश गर्दा लिलामीमा आएको सबै सेयरको २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र माघ ३ गते विहान ७ः३० बजे सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा खोलिने जनाईएको छ ।

कुन कुन कम्पनीको कति कित्ता लिलामी गर्देछ हेर्नुहोस्

यसरी लिलामीमा ल्याएको सेयरमध्ये सबैभन्दा बढी मेगाा बैंकको ७४ हजार ३७६ कित्ता रहेको छ भने सबैभन्दा कम माहुली सामुदायिक लघुवित्तको १४० कित्ता रहेको छ ।

 

ठुलाे बनाएर हेर्न फाेटाेमा क्लिक गर्नुहाेस्

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।