बार्षिक १६ प्रतिशत लाभांस दिने एनआईसी एशिया ग्रोथ फण्डको दाबी,माघ २ गतेदेखि बिक्री खुल्दै

Jan 13, 2018 merolagani

एनआईसी एशिया बैंक (NICA) को सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा आगामी साताबाट बिक्रीमा आउने एनआईसी एशिया ग्रोथ फण्डले बार्षिक १६ प्रतिशतकादरले लाभांस दिने दाबी गरेको छ । फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्ने जनाएको छ । 



क्यापिटलले एक अर्ब बराबरको एनआईसी एशिया ग्रोथ फण्डका १० करोड इकाई माघ २ गते मंगलबार देखि निष्काशन गर्ने भएको छ । उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा एनआईसी रहेको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए ।

साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य छ । बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रति आर्कषण बढदै गहिरहेको ढुङ्गेललको भनाई छ ।

एनआईसी एशिया ग्रोथ फण्ड सात बर्षे बन्दमुखी योजना हो । जसको आकार एक अर्ब रुपैयाँको छ । जस मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा सर्वसाधारण्का लागि बिक्री गरिनेछ ।
म्युचअल फण्डको बिक्री छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म खुल्ला रहने कम्पनीले जनाएको छ । यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सक्नेछन् । फण्डमा आस्वा सदस्यमा सहभागि सबै वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिनेछ ।

उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्ज लि.मा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुने क्यापिटलको दाबी छ साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ ।

उक्त फण्ड जारी गर्न धितोपत्र बोर्डले पुस ११ गते अनुमति प्रदान गरेको थियो । पछिल्लो समयमा धितोपत्र बजारमा फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत थप आकर्षण बढ्दै गएको छ ।
एनआईसी क्यापिटलले शेयर निष्काशन तथा विक्रीप्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।