एधार बैंककाे भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

Jan 14, 2018 Merolagani

कार्ड लोयल्टी प्रोग्रामको रुपमा भिसा कार्ड संजालसँग आवद्ध रहेका नेपालका ११  बैंकको भिसा डेविट वा क्रेडिट कार्ड मार्फत कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

मासिक ३१ पटकदेखि ५० पटकसम्म भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम एक हजारसम्म छुट पाउनेछन् भने एकदेखि तीन पटक कारोबार गर्ने ग्राहकले दुई प्रतिशत वा एक सय रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै मासिक चारदेखि १५ पटककाे कारोबार भुक्तानी डेबिट कार्डबाट गर्नेले पाँच प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ छुट पाउनेछन् भने १६ देखि ३० पटकसम्म कारोबार गर्नेले ७ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् । 

यस योजनामा सहभागी हुन न्यूनतम पाँच सय रुपैयाँ वा सो भन्दा बढीको बस्तु तथा सेवा खरिद गर्नुपर्नेछ । यसरी बस्तु तथा सेवाको खरिद शुल्क भुक्तानी भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत गर्दा कार्डबाहकले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्नेछन् ।

यस योजनाबाट ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सेन्चुरी बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, मेगा बैंक, कुमारी बैंक, एनसिसि बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् । 

भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान-सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका हुन् ।

नेपाली समाजलाई नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उदेश्यले ग्राहकहरुमा भिसा डेबिट-क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने र सुरक्षित कारोबारका लागि बैंकहरुको पहलमा यस प्रकारको योजना थालिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।