मन्त्रिपरिषद् बैठक स्थगित, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी रोकियो

Jan 16, 2018 Merolagani

मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सरकारी निवास बालुवाटरमा मंगलबार बेलुका साढे ४ बजे बोलाइएको मन्त्रिपरिषद बैठक भोली बस्नेगरि स्थगित भएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।

मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी सरकारले गरेको थियो । यससँगै प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने तयारी रोकिएको छ ।

सरकारले प्रदेश प्रमुख नतोकिदिँदा निर्वाचन आयोगले प्रदेश सभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् ।

छलफलपछि सहमतिय आधारमा नै प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि थप समयका लागि आजको बैठक स्थगित गरिएको जनाइएको छ ।

comments powered by Disqus