आम्दानी भन्दा खर्च धेरै: मुलुकको शोधानान्तर घाटा ९ अर्ब २७ करोड

Jan 17, 2018 merolagani

राष्ट्र बैंक भन्छ तरलताको अवस्था सुविधाजनक
देशमा भित्रिने भन्दा देश बाहिरिने रकम बढीभएछि चालु आर्थिक बर्षको पहिलो पाँच महिनमा मुलुकको शोधान्तर घाटा ९ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर महिनामा शोधनान्तर अर्थात भुक्तानी सन्तुलनको स्थिति ९ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक छ ।



शोधनान्तर स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा बढी खर्च गर्नु हो ।आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आएपछि समग्र शोधनान्तर घाटामा गएको राष्ट्र बैंकको भनाई छ ।

अघिल्लो वर्षको पाँच महिनामा शोधान्तर २८ अर्ब ७८ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू खाता घाटा ४१ अर्ब ९५ करोड पुगेको छ । तथापि देशको वैदेशिक मुद्रा संचिती सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाहमा ह्रास

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भई २८५ अर्ब ४८ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । फलस्वरुप खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटी ३३१ अर्बमा सीमित भएको छ ।

निर्यात ३३ अर्ब आयात ४३१ अर्ब

राष्ट्र बैंकका अनुसार पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड पुगेको छ । समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ ।

त्यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर ४३१ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब १२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति २०७४ मंसिर मसान्तमा ९३८ अर्ब ७ करोड पुगेको छ ।

नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ४ अर्ब ९३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालू खर्च २२२ अर्ब ६२ करोड तथा पूँजीगत खर्च २४ अर्ब ७९ करोड पुगेको छ ।

उपलब्ध तथ्याङ्कहरुले समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको राष्ट्र बैंकको दाबी छ । हालसालै पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको मुल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम रहेको आँकलन राष्ट्र बैंकको छ । तथापि, वार्षिक औसत मुद्रास्फीति दर प्रक्षेपित सीमा भित्रै रहने अपेक्षा गरेको छ । 

राष्ट्र बैंक भन्छ तरलताको अवस्था सुविधाजनक

आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए तापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा/निक्षेप तथा पुँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको राष्ट्र बैंकको भनाई छ ।

वित्तीय स्थायित्वको अंकुशको रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ ।

केही सीमित बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।