जेबिल्स् फाइनान्सको ३ लाख ७२ हजार कित्ता सेयरको लिलामी खुल्यो

Jan 21, 2018 merolagani

जेबिल्स फाइनान्स लिमिटेड (JEFL) ले लिलामीमा राखेको ३ लाख ७२ हजार ४२७ कित्ता सेयरमा आवेदन खुलेको छ । फाइनान्सले २ लाख ९८ हजार २०६ कित्ता संस्थापक र ७४ हजार २२० कित्ता सर्वसाधारण समूह तर्फको सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।



फाइनान्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म शतप्रतिशत (२८ लाख ८९ हजार ५६२ कित्ता) हकप्रद जारी गर्दा अवितरित सेयर लिलामीमा राखेको हो। लिलामीको सेयरमा माघ १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

आवेदन गर्दा न्यूनतम एक सय कित्ता वा सो भन्दा बढी सबै कित्ताका लागि एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ ।

फाइनान्सको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लागनीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी सनराइज बैंकको शाखाहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट माघ १४ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।