ओरेन्टल सहकारी व्यवस्थापनका लागि समिति गठन

Jan 23, 2018 RSS

सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल को-अपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

सो सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि, गोविन्दबहादुर मल्ल, दीपकप्रसाद पौडेल, हुमाकान्त पन्थी र रेवतीरमण पोखरेल रहेका छन् ।

मन्त्रालयका प्रवक्ता रघुराम विष्टले समस्यग्रस्त सहकारीको व्यवस्थापन हेर्ने र निक्षेपकर्ताका रकम फिर्ता गर्नका लागि वातावरण बनाउन समिति गठन गरिएको जानकारी दिए । गत मंसिर २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले गठन गरेको समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।