आइपिओको प्रस्ताव राखेर सन नेपाल लाइफले बोलायो साधारणसभा

Jan 25, 2018 merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ निष्कासनको प्रस्ताव राखेर फागुन ४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।



कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकको रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ ।

त्यस्तै कम्पनीको साधारण सभाले नयाँ सञ्चालक समितिको समेत चयन गर्नेछ । त्यस्तै सभाले प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने साथै सञ्चालकको बैठक भक्ता तथा सुविधा सम्बन्धमा पनि निर्णय गर्ने भएको छ ।

सभा होटल सांग्रिला, लाजिम्पाट काठमाडौंमा हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।