एनआईसी एशिया बैंकद्धारा सी-आस्वा सेवा सञ्चालन

Feb 07, 2018 merolagani

एन आई सी एशिया बैंक लिमिटेडले सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा फागुन ११ गतेदेखि अनिवार्य रुपमा सी-आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि बैंकले सो सेवा संचालनमा ल्याएको जनाएको छ ।

सी-आस्वा प्रणाली मार्फत आवेदन दिंदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहक महानुभावहरुलाई समयमै सी-आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले मंगलबारबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।

एनआएसी एशियाका ग्राहकहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयरमार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्नु हुने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी-आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।