एलआईसीले ल्यायो नयाँ बीमा योजना, यस्तो छ विशेषता

Feb 07, 2018 Merolagani

एलआईसी नेपालले नयाँ बीमा योजना ल्याएको छ । पेन्सन उपलब्ध गराउने योजनासहित एलआईसीले पेन्सन बीमा योजना ल्याएको हो । ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना ल्याइएको एलआईसी नेपालले जनाएको छ । बीमा समितिका अध्यक्ष डा. चिरञ्जीवी चापागाईँले उक्त बीमा योजनाको सुरुवात गरेका छन् ।

पेन्सनबाट नो टेन्सन भन्ने सन्देशका साथ एलआईसी नेपालले ४० देखि ७५ वर्ष उमेरका सेवाग्राहीलाई लक्षित गरी ‘जीवन अक्षय–१’ नामको पेन्सन बीमा योजना बजारमा ल्याएको हो ।

यो योजना चालु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एकमात्र योजना रहेको कम्पनीले दाबी गरेको छ । यस योजनामा विमितले सुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पति वा पत्नीलाई पनि जीवनभर ५० प्रतिशत पेन्सन सुविधा दिने प्रावधान राखिएको छ ।

एलआईसीले केही वर्ष पहिले जीवन तरङ्ग नामको पेन्सन प्रकृतिको बीमा योजना बिक्री गर्दै आएको थियो । जसमा योजनाको परिपक्वतापछि बीमाड्ढको ५ प्रतिशत रकम वार्षिक रुपमा पेन्सनको रुपमा आजीवन पाइन्थ्यो । तर, बीमा समितिबाट पारित यस योजनामा वर्तमानदर तथा विमितको उमेर अनुसार बीमाड्ढ रकममा सर्वाधिक ११.७७ प्रतिशतसम्म रकम पेन्सनको रुपमा पाउन सक्ने कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ ।

एलआईसी नेपालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली नागरिकलाई नयाँ बीमा योजनाले पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।