लाइफ इन्स्योरेन्स कर्पोरेशनले एसबिआई मर्चेण्टलाई बनायो सेयर रजिष्ट्रार

Feb 08, 2018 Merolagani

लाईफ ईन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले गर्ने भएको छ । यस अघि एलआईसी आफैंले सेयर रजिष्ट्रारको काम गर्दै आएको थियो । अब एलआई नेपालका सेयरधनीले सेयर सम्बन्धि सबै कामका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडको कार्यालय हात्तीसारमा सम्पर्क राख्नु पर्नेहुन्छ ।

एलआईसीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु अब नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

 

आरटीएस नियुक्त गर्ने सम्बन्धमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र लाईफ ईन्स्योरेन्स कर्पोरेसन (नेपाल) कातर्फबाट प्रबन्ध संचालक अभिजीत घोस दस्तिदारले हस्ताक्षर गरेका छन् ।
विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।