उत्पादित सबै विद्युत बिक्री नहुँदा चिलिमेको नाफा खस्कियो

Feb 11, 2018 merolagani



नेपाल विद्युत् प्राधिकरणले उत्पादन भएको सबै बिजुली खरिद नगर्दा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रो (CHCL) ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । आयोजनाबाट उत्पादित सबै विद्युत बिक्री नुहँदा कम्पनीको विद्युत बिक्रीबाट हुने आयमा ३.३७ प्रतिशतले कमी आएको छ ।




नेपाल विद्युत प्राधिकरणसँगको अधिक विद्युत उर्जा खरिद सम्झौता (पिपिए) को प्रावधान अनुसार सबै विद्युत खरिद नभएको चिलिमेले जनाएको छ ।

समीक्षा अवधिमा चिलिमेले बिजुली बिक्रीबाट ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्रीको आय घटेपनि कम्पनीले ब्याज तथा अन्य आम्दानी ४६.३८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

पुस मसान्तसम्ममा चिलिमेले ५२ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ अर्ब ९६ करोड चुक्तापूँजी भएको कम्प्नीको संचित कोषमा ४ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा, प्रतिसेयर नेटवर्थ २१५.२३ रहेको छ ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानियको रहेको छ । यस कम्पनीको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहेका छन् ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।