सेञ्चुरी बैंकले गर्यो आर्थिक सहयोग

Feb 15, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव स्रोत विकास संघले संचालन गरेको सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग सम्वन्धी तालिमलार्इ ५० हजार रुपैयाँ सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा आयोजना भएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । तालिममा सहभागि महिलाहरुले महिला स्वास्थबारे जानकारीहरु पाएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संस्थाका संस्थापक अध्यक्ष डा. दिनेशराज शर्मालार्इ चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइ पनि उपस्थित थिए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।