आइपिओकै मूल्यमा शेयर पाएपछि नेशनल हाइड्रोको माग बढ्यो

Feb 26, 2018 merolagani



नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सूचिकृत नेशनल हाइड्रो कम्पनी (NHPC) को शेयर भाउ निरन्तर घटेर आइपिओ हाराहारीमा आएपछि खरिदकर्ताको माग बढेको छ । सोमबार मार्केट डेप्थमा नेशनल हाइड्रोको शेयर बिक्री गर्नेहरु भन्दा खरिद गर्नेहरु अत्याधिक देखिएका छन् ।

नेशनल हाइड्रोको शेयर मूल्य झरेर १०६ रुपैयाँमा आइपुगेको छ । मार्केट डेप्थमा एघार हजार पाँच सय कित्ता खरिदको माग हुँदा बिक्रीको लागि हजार कित्ता मात्र राखिएको छ ।


शेयर खरिदकर्ताको माग बढेपनि बिक्री कर्ताहरु नहुँदा कारोबार भने धेरै हुन सकेको छैन । बजार खुलेको ५५ मिनेटसम्म जम्मा यो कम्पनीको दुई कारोबारबाट एक हजार ६० कित्ता सेयर मात्र खरिद बिक्री भएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।