देशभरीको सरकारी भुक्तानी अब क्लियरिंग हाउसको आईपीएस प्रणालीबाट हुने

Feb 28, 2018 Merolagani

महालेखा नियन्त्रकको कार्यालयले एक वर्ष पहिले सिंहदरबारबाट सुरु गराएको सेवाप्रदायकहरुको विद्युतीय भुक्तानीलाई देशव्यापी बनाइएको छ । २०७३ फाल्गुण १५ गतेदेखि सिंहदरबार स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्रदायक फर्म, कम्पनी, संस्था वा व्यक्तिको बैंक खातामा नै जम्मा हुने गरी सुरु भएको एनसीएचएल विद्युतीय भुक्तानी मुलुकभरीका सबै कार्यालयबाट लागु हुने भएको हो ।

नेपाल क्लियरिंग हाउसको आईपीएस प्रणालीमार्फत विद्युतीय भुक्तानी गर्न सम्बन्धित कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउँदा भुक्तानी दिनुपर्ने सेवा प्रदायक संस्था, फर्म, कम्पनी वा व्यक्तिको बैंक खाता पनि उपलब्ध गराउनु पर्ने हुन्छ । भुक्तानी आदेश प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले आफ्नो बैंक मार्फत हितग्राहीको खातामा सिधै रकमान्तर गरिदिने छ । हाल एभरेष्ट बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि वकास बैंकबाट सरकारी भुक्तानी कारोबार हुदै आएको छ ।

पछिल्लो बिस्तारसँगै नेपाल सरकारको भुक्तानी कारोबारहरु सिधै बैंक मार्फत विद्युतीय माध्यमबाट गरिदा वित्तीय अनुशासन र वित्तीय पारदर्शीता कायम गर्न टेवा पुग्ने विश्वास क्लियरिंग हाउसले लिएको छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।