संघको बचत व्याजदरको निर्णय कार्यान्वायन गर्न २८ वाणिज्य बैंकले जनाएको सहमति अनुसार एनआईसी एशिया बैंकलेपहिले निर्णय कार्यान्वायन गराएको हो । केही दिन अघि मात्र ८ प्रतिशत रहेको बचत खाताको व्याजदरलाई बढाएर १० प्रतिशत पुर्याएको थियो । बैंकले आगामी आइतबारदेखि लागु हुने गरी व्याजर ८ प्रतिशतमा झारेको हो ।
अहिले सिभिल, कुमारी, एनआईसी एशिया लगायतका वाणिज्य बैंकले बचतमा १० प्रतिशतसम्म व्याज दिँदै आएका छन् । ८ प्रतिशतभन्दा बढी व्याज दिँदै आएका बैंकहरुले संघको निर्णय अनुसार आइतबारसम्ममा व्याजदर ८ प्रतिशतमा झारिसक्नु पर्नेछ ।
यसरी बचतको व्याजदरमा गरिएको नियन्त्रणले संस्थागत लगानी एक बैंकबाट अर्को बैंकमा सर्ने क्रम घटेर सबै बैंकको कर्जा निक्षेपको अनुपात सन्तुलनमा सहयोग पुग्ने देखिन्छ ।
संघले यस अघि मुद्धती निक्षेपमा पनि अधिक प्रतिष्पर्धा भएकाले एकरुपता ल्याउनका लागि ११ प्रतिशतभन्दा बढी व्याजद नदिने सहमति गरेको थियो ।