३६ मिनेटमा २६ अंकले घट्यो सेयर बजार

Mar 04, 2018 Merolagani



आइतबार सेयर बजार खुलेको आधा घण्टामै १.९६ प्रतिशतले घटेको छ । १३४५ अंकमा खुलेको बजार ३६ मिनेटको कारोबार समयमै २६ अंकले घटेर १३१९ अंकमा झरेको छ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरबजार प्रतिको अभिव्यक्तीले बजारमा तिब्र गिरावट आएको बताइएको छ ।

गत बुधवार बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए । खतिवडाको उक्त अभिव्यक्तीपछि निरन्तर घट्ने क्रममा रहेको सेयरबजारमा उच्च अंकको गिरावट देखिएको हो ।

आधा घण्टाको कारोबारमा सबै समूहका सूचक राताम्मे छ्न भने यस अवधिमा ९० कम्पनीको १ लाख २६ हजार कित्ता सेयर ५ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।