३६ मिनेटमा २६ अंकले घट्यो सेयर बजार

Mar 04, 2018 Merolagani



आइतबार सेयर बजार खुलेको आधा घण्टामै १.९६ प्रतिशतले घटेको छ । १३४५ अंकमा खुलेको बजार ३६ मिनेटको कारोबार समयमै २६ अंकले घटेर १३१९ अंकमा झरेको छ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरबजार प्रतिको अभिव्यक्तीले बजारमा तिब्र गिरावट आएको बताइएको छ ।

गत बुधवार बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए । खतिवडाको उक्त अभिव्यक्तीपछि निरन्तर घट्ने क्रममा रहेको सेयरबजारमा उच्च अंकको गिरावट देखिएको हो ।

आधा घण्टाको कारोबारमा सबै समूहका सूचक राताम्मे छ्न भने यस अवधिमा ९० कम्पनीको १ लाख २६ हजार कित्ता सेयर ५ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।