शेयर बजारका बिषयमा केही बोलेको छैन : अर्थमन्त्री खतिवडा

Mar 05, 2018 merolagani



नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजार अनुत्पादक क्षेत्र भएको बारेमा आफूले कहीँ कुनै मिडियामा नबोलेको स्पष्ट पारेका छन् । अर्थमन्त्री खतिवडाले भने, 'कसरी मलाई जोडेर यो समाचार आयो ? मैले त्यो बिषयमा कहीँ कतै बोलेकै छैन'।

खतिवडाले प्रतिप्रश्न गर्दे भने, 'पत्रकारलाई समाचार लेख्दा प्रमाण र तथ्य नचाहिने रहेछ कि के हो ? मैले बोल्दै नबोलेको कुरालाई किन यसरी बाहिर ल्याइयो ?

गत १६ गते बुधबार बीबीसी नेपाली सेवाले खतिवडासँग संक्षिप्त अन्तवार्ता लिएको थियो ।

सोही अन्तर्वामा खतिवडाले बोलेको कुरालाई सेयर बजारसँग जोडेर प्रचार प्रसार गरिएको थियो । तर उक्त अन्तर्वातामा अर्थमन्त्री खतिवडाले सेयर बजारका बारेमा आफूले केही नबोलेको दाबी गरेका छन् । आजको गोरखापत्रबाट




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।