सी आस्वाको चमत्कार ! आरम्भको आईपीओ बन्द भएको २ दिनमा भयो बाँडफाँड

Mar 07, 2018 Merolagani

सेन्ट्रलाइज्ड आस्वा सुरु भएसँगै केन्द्रीय निक्षेप प्रणालीले सेयर निष्काशन बन्द भएको केही दिनमा नै सेयर बाँडफाँड गराउन थालेको छ । सोमबार निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा बाँडफाँड गराएर सिडिएससीले नयाँ अध्यायको सुरु गरेको हो ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार अहिले आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँड भैरहेको छ । पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा सेयर बाँडफाँड भैरहेको बताउँदै उनले केही बेरमा अन्तिम नतिजा बाहिर आउने बताए ।

मेरोलगानीसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत गुप्ताले भने, ‘हामीले गर्न खाजेको नयाँ कामले सफलता पाएको छ । अब हुने कुनै पनि सार्वजनिक निष्काशन ढिलोमा एक साताभित्रमा सेयर बाँडफाँड हुन्छ । नत्र २ दिनमा सबै निक्षेप सदस्यले सेयर बाँडफाँड गर्न सक्छन् ।’

 

आरम्भ माइक्रोफाइनान्सले फागुन २१ गतेसम्म निष्काशन गरेको साधारण सेयरमा ७ गुणा बढी आवेदकले सेयर माग गरेका थिए । कुल एक लाख ८६ हजार ३८ जनाले एक अर्ब १८ करोड ७८ लाख ७५ हजार रुपैयाँको सेयर माग गरेको लघुवित्तको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

आवेदक संख्या एक लाख ८६ हजार पुगेकाले प्रत्येक सात जनामा एक जना अर्थात १४ प्रतिशतले मात्र लघुवित्तको सेयर प्राप्त गरेका छन् । जस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले २७ हजार ४८ जनाले मात्र सेयर प्राप्त गरेका हुन् । लघुवित्तको आईपिओमा आवेदन गर्ने बाँकी एक लाख ५८ हजार ९९०जना अावेदकको हात भने खाली भएकाे छ ।

माइक्रोफाइनान्सले जारी पूँजीको ४९ प्रतिशत २ लाख ९४ हजार कित्ता आईपिओ निष्काशन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको हाे ।

आईपीओ बाँडफाँडको मोडल यस्तो छ ।

यसअघि निष्काशनमा आएका अन्य लघुवित्तहरूको आइपिओ ६ देखि ७ प्रतिशतले मात्र सेयर पाउने गरेपनि यस लघुवित्तको सेयर भने दोब्बर अर्थात १४ प्रतिशतले पाएका छन् ।

आईपिओमा परेको माग आवेदन रकमको आधारमा ४३.८३ गुणा बढी हो । कमर्चारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको दुई करोड ७० लाख ४८ हजार रुपैयाँको सेयर सर्वसाधारणलाई निष्काशन गरेकोमा एक अर्ब १८ करोडको आवेदन परेकोले सो तथ्याङ्क देखिएको हो ।

बनेपा १०, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेर पन्ध्र पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको आरम्भको आइपिओ बिक्रीपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।