१ बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ । साथै मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।
त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’मा त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले व्याज प्रदान गर्दै आईरहेको विज्ञप्तीमा उल्लेख छ ।
हाल बैंकले १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
यस अघि नेपाल बैंकर्स संघले बैंकहरुबाट प्रवाह हुने मुद्धती निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ८ प्रतिशत व्याजदर लिने भद्र सहमति बैंकहरुसँग गरेको थियो ।