सूर्योदय लघुवित्तको ७० प्रतिशत हकप्रदमा आवेदन खुल्यो

Mar 09, 2018 Merolagani

सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) ले फागुन २५ गते शुक्रबारदेखि ७० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । लघुवित्तले चुक्ता पूँजी चार करोडको ७० प्रतिशतले हुने दुई लाख ८० हजार कित्ता हकप्रद जारी गरेको हो ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लघुवित्तको हकप्रदमा फागुन २५ गतेदेखि चैत्र २९ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । माघ २५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

ग्लोबल आईएमई क्यापिटल, सूर्योदय लघुवित्तका शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

हाल चार करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुत्तिको हकप्रद विक्री पश्चात ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७१ पैसा कायम गरेको छ । कम्पनीको दोस्रो बजारमा सेयरमूल्य १४४२ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।