आर्इपिओ सुचीकृत गरेपछि उन्नतिले प्रस्ताव गर्यो २५ प्रतिशत हकप्रद

Mar 14, 2018 Merolagani

गत पुसमा एक लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरेको उन्नति माइक्रोफाइनान्स (UMBSL) ले २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

लघुवित्तले प्रस्ताव गरेको हकप्रद पारित गर्न चैत्र २१ गते बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि चैत्र ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।
 
कम्पनीले गत पुसमा एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा सुचीकृत भई कारोबार समेत सुरु भइसकेको छ । 
 
आइपिओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ५० लाख पुगेको छ । २५ प्रतिशत हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी ६ करोड ८७ लाख पुग्नेछ ।
 
 
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।
comments powered by Disqus