रसुवागढी हाइड्रोपावरः सुरुङ ७७ प्रतिशत पूरा

Mar 21, 2018 rss



उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ ।

खन्न बाँकी काम पूरा गराउन करीव २० प्राविधिक एवं ३०० मजदूरले काम गरिरहेका छन् । सन् २०१४ देखि भूमिगत संरचनाबाट निर्माण अगाडि बढेको रसुवागढी हाइड्रोपावर सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

रु १३ अर्ब ६४ करोड ४० लाखको लागत रहेको आयोजनामा निर्माण गर्नुपर्ने ३१३ मिटरको पेनस्टक पाइप राख्ने सुरुङ, भोटेकोशीमा बाँध र विद्युत्गृह निर्माणको काम दु्रत रुपमा अगाडि बढिरहेको साइट इञ्चार्ज प्राविधिक गौतम खड्काले जानकारी दिए ।

भोटेकोशी नदीमा बाँध बाँधी विद्युत्गृहमा सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी पठाई १११ मेगावाट अर्थात् ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र १११ मेगावाटको रसुवागढी मात्र सम्पूर्ण भूमिगत संरचनाका भएको प्राविधिकले बताएका छन् । विसं २०७२ को भूकम्पले चिलिमे जलविद्युत् केन्द्रलाई कुनै असर नपरेको समेत प्राविधिकले स्मरण गरेका छन् ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।