देवः विकास बैंकको ४० प्रतिशत हकप्रद चैत २६ गतेदेखि

Mar 22, 2018 Merolagani

देवः विकास बैंक (DBBL) ले  चैत २६ गतेदेखि ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले साझा विकास बैंक र युनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता सेयर निष्काशन गरेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यपिटल रहेको छ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै एनआइबिएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल,पोखरा देवको सबै शाखा कार्यालयबाट वैशाख ३० गतेसम्म आवेदन गर्नसक्ने व्यवस्था रहेको छ ।

कम्पनीको गत असार २९ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर चार अनुपातको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 

बैंकले हकप्रद जारी गर्न मंसिर १३ गते धितोपत्र बोर्डमा अनुमति मागेकोमा माघ २५ गते स्वीकृती प्राप्त गरेको थियो ।

हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन अनुसार बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पूँजी कायम गर्नेछ । थप २२ करोडको बोनस वितरण गर्दा नै चुक्ता पूँजी पुग्ने देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १४ करोड ६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।