एभरेष्ट बैंकले बैंकर संघलाई दियो यस्तो चुनौती, संघमा विवाद बढ्दो

Mar 30, 2018 Merolagani



लगानीयोग्य रकमको चरम अभाव भैरहेका बेला बैंकहरु निक्षेप आफ्नो बैंकमा तान्ने कसरत गरिरहेका छन् । एभरेष्ट बैंकले भने बैंकर्स संघमा गरेको सम्झौता विपरितको ब्याजदरमा आफुअघि बढ्ने योजना अघि सारेको छ । यो सँगै संघ तथा अन्य बैंकहरु एभरेष्टको कदमप्रति अचम्मित बनेका छन् ।

बैंकहरुका बिचमा निक्षेप संकलनमा आउने अस्वस्थ प्रतिष्पर्धाले वित्तीय प्रणाली अस्थिर बन्न सक्ने भन्दै बैंकहरुको छाता संगठनले अधिकतम व्याजदर निर्धारण गरेको छ । यसमा सबै बैंकले सहमति जुटाएका छन् ।

तर पछिल्ला दिनमा यो सहमतिलाई विभिन्न ढंगले बाङ्गाे बनाएर सहमती विपरित ब्याजदर निर्धारण गर्ने क्रम बढ्दो छ । जसले बैंकर संघको बैठक विगतको तुलनामा धेरै बस्न थालेको छ । यसले संघमा दिनहुँ कुनै न कुनै बैंकको विषयलाई लिएर विवाद बढ्न थालेको देखिएको छ ।

पछिल्लो पटक एभरेष्ट बैंकले संघसँग गरेको सहमति विपरित नागरिक लगानी कोषको पैसा निक्षेप गरेको विषयलाई लिएर संघको बैठक बस्यो । नागरिक लगानी कोषले ब्याज बढाबढमा निक्षेप राख्ने प्रस्ताव बैंकहरुलाई गरे पछि एभरेष्टले ११.१५ प्रतिशतको व्याजदरमा निक्षेप स्वीकार गरेको थियो । एभरेष्ट सहितका बैंकले बैंकर्स संघमा ११ प्रतिशतभन्दा बढी ब्याजमा मुद्धती निक्षेप संकलन नगर्ने सहमती गरेका छन् ।

संघमा भएको यस्तो सहमति ताडेको जानकारी पश्चात संघका पदाधिकारीले एभरेष्टका प्रमुख कार्यकारीसँग छलफल गर्ने मेसो मिलाएका थिए । एभरेष्टका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ नेपालमा नभएकाले सहायक प्रबन्ध सरहका २ कर्मचारी संघको बैठकमा पुगेर सबै पदाधिकारीलाई थर्काएर हिँडेका छन् । बैंकका प्रमुख कार्यकारी सेठ भारतमा रहेको भन्दै ब्याजदरका सम्बन्धमा आफूहरु निर्णय सहित आएको उनीहरुले बताएका थिए ।

 

बैठकमा सहभागि एक बैंकरका अनुसार एभरेष्टकातर्फबाट संघको बैठकमा प्रमुख कार्यकारी सेठको भनाई मात्र आधिकारिक हुने भएकाले सेठलाई पठाउन भनिएको थियो । बैठकमा आएका उनीहरुले संघको निर्णयमा आफ्नो बैंकले सहमति जनाए पनि त्यस अनुसार बैंक चल्न नसक्ने बताएका थिए ।

बैठकमा सहभागि अर्का एक जनाले मेरोलगानीसँगको कुराकानीमा भने 'बैठकमा आउनुभएका एभरेष्ट बैंकका प्रतिनिधिको सुरुवाती प्रस्तुतीले सबैलाई अचम्ममा पारेको छ । विषय प्रवेश नै हुन नपाउँदै हामीलाई किन बोलाइएको भन्दै फटाफट संघको निर्ण अनुसार बैंक अघि नबढ्ने बताउनु भयो ।'

बैठकमा यस्तो प्रस्तुती आएपछि अन्य बैंकका प्रमुख कार्यकारीहरुले ब्याजदर बढाउँदा उत्पन्न हुनसक्ने समस्याका बारेमा सम्झाउने प्रयत्न गरेका थिए । अरु बैंकले संघमा गरेको सहमति अनुसार ११ प्रतिशतभन्दा बढी ब्याजदरमा मुद्धती निक्षेप गरेका छैनन् ।

एनआईसी एशिया, सेञ्चुरी लगायतले भने यस्तो कदम चालेका थिए । अन्तत: छलफलका माध्यमबाट एनआईसी एशियासँगको विवाद सुल्झिएको थियो भने सेञ्चुरीले आफुकहाँ रहेको नेपाल टेलिकमको ५० करोड रुपैयाँलाई निरन्तरता दिने क्रममा अरु बैंकले ११.७५ प्रतिशतको प्रलोभन दिएको खबरका आधारमा ११.७६ प्रतिशत ब्याज दिने योजना बनाएको जानकारी संघलाई गराएको थियो ।

कुन बैंकले टेलिकमलाई ११.७५ प्रतिशतमा निक्षेप लिने प्रस्ताव पठाएको थियो भन्ने खुलेको छैन ।

साथै सेञ्चुरीले संघलाई ११.१५ प्रतिशतभन्दा माथि जानेगरी निक्षेप स्वीकार नगर्ने व्यहोरा टेलिकमलाई पठाउने प्रतिबद्धता जनाएर गल्ती स्वीकार गरेको छ । बैंकर्स संघले नयाँ मुद्धती निक्षेप संकलनका क्रममा ११ प्रतिशतभन्दा माथि जान नपाउने व्यवस्था गरेको छ । यद्यपी पुरानो मुद्धती निक्षेप नवीकरण गर्ने बेलामा भने ११.१५ प्रतिशतसम्म ब्याज दिन पाउने सहमति बैंकहरुले गरेका छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।