रेटिङ कम्पनी केयर रेटिङ्ग नेपालले सकायो ६ कम्पनीको रेटिङ्ग

Mar 30, 2018 Merolagani

नेपालमा दोस्रो क्रेडिट रेटिङ कम्पनीको रुपमा धितोपत्र बोर्डबाट कातिक ३० गते अनुमति पाएको केयर रेटिङ नेपालले ६ कम्पनीको रेटिङ्ग सम्पन्न गरेको जनाएको छ । केयर रेटिङ नेपालले एनआईसी एशिया बैंक,जेबिल्स् फाइनान्सको हकप्रद,प्रोगेसिभ फाइनान्सको हकप्रद,मञ्जुश्री फाइनान्स हकप्रद, प्रभु इन्स्योरेन्सको हकप्रद,स्वदेशी लघुवित्तको आईपिओ निष्काशनका लागि रेटिङ सम्पन्न गरेको हो ।

केयर रेटिङ नेपालले एनआईसी एशिया बैंकलाई ए ग्रेड प्रदान गरेको छ यसले बैंकमा कम क्रेडिट जोखिम रहेको जनाउँछ । त्यस्तै कम्पनीले जेबिल्स् फाइनान्सको ४० प्रतिशत हकप्रद, मञ्जुश्री फाइनान्सको ५ प्रतिशत, र स्वदेशी लघुवित्तको शतप्रतिशत हकप्रदलाई समान ग्रेड ४, प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रदलाई ग्रेड ३ तथा प्रोगेसिभ फाइनान्सको २८१ प्रतिशत हकप्रदलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । 

ग्रेड ४ ले औसत आधारभुत पक्षभन्दा कमजोर रहेको जनाउँछ भने ग्रेड ३ ले औसत र ग्रेड ५ ले अन्तयन्त कमजोर स्थितिको संकेत गर्दछ । अाैपचारिक सञ्चालनमा अाएकाे साढे ३ महिनामा कम्पनीले ६ कम्पनीकाे रेटिङ सकाएकाे हाे ।

नेपालमा ३ करोड रुपैयाँ माथि पूँजी भएका कम्पनीको साधारण सेयर,डिबेञ्चर, ऋणपत्र, सामूहिक लगानी कोष र अग्राधिकार सेयर निष्काशन गर्न क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छ । रेटिङले कम्पनीहरुको अवस्थाको जानकारी दिन्छ भने यस्तो जानकारीले लगानीकर्तालाई लगानी गर्न सहि जानकारी मिल्छ ।

केयर नेपालमा केयर रेटिङ इण्डियाको ५१ प्रतिशत, बिशाल समूहको १० प्रतिशत, इर्मजिङ नेपालको १० प्रतिशत र ग्लोबल आइएमइ बैंक सहित चार बैंक तथा बीमा कम्पनीहरु, नेपाल पुनरबीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५/५ प्रतिशत सेयर स्वामित्व रहेको छ । केयरको प्रमूख कार्यकारी अधिकृत साजन गोयाल र निर्देशक विनोद आत्रेय रहेका छन् ।

पहिलो रेटिङ कम्पनीको रुपमा रेटिङ गर्दे आएको इक्रा नेपालमा समेत भारतीय कम्पनीको लगानी रहेको छ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।