नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बैशाख ५ गतेदेखि बिक्रीमा आउने

Apr 01, 2018 merolagani

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले बैशाख ५ गते देखि १ः१ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदको लागि २०७५ जेठ ८ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७० हजार पुग्नेछ । इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

नेपाल इन्स्यारेन्सको गत फागुन ३० गते सम्पन्न भएको ६७ र ६८ औं बार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले आगामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।