साञ्जेन र रसुवागढीकोे आइपिओ आज बाँडफाँड हुने,कति पर्ला सेयर ?

Apr 01, 2018 merolagani

साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले दुई चरणमा बिक्री गरेको आइपिओ आज आइतबार बाँडफाँड हुने भएको छ । दुबै कम्पनीका विक्री प्रबन्धकहरुले दिएको जानकारी अनुसार आइपिओमा तोकिएकोभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाटै बाँडफाँड हुनेछ ।आइपिओको बाँडफाँड आज दिउँसो २ बजे हुनेछ ।

रसुवागढीको आइपिओको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र साञ्जेनको नागरिक लगानी कोष रहेका छन् ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर फागुन १३ गतेदेखी ३० गतेसम्म विक्री गरेको थियो ।

दोस्रो चरणमा चैत ५ गतेदेखि ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका र संस्थापक सङ्गठित सस्थाका कर्मचारीहरुका लागि दुबै कम्पनीले आइपिओ जारी गरेका थिए ।

रसुवागढीले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गरेको थियो ।

त्यस्तै साञ्जेनले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गरेको हो ।

आइपिओमा परेको आवेदनको आधारमा सञ्चयकर्ताले न्यूनतम ३० र अधिकतम ४० कित्ता सेयर पाउने भएका छन् । यस्तै, संस्थापक (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ–संस्था) र ऋणदाता (कोष) का कर्मचारीले औसत १ सय ५० कित्ता पाउने देखिएको छ ।

यस्तै, ऋणदाता (कोष) का कर्मचारीको हकमा न्यूनतम ५० कित्ता र बढीमा एक हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको थियो । न्यूनतम ५० कित्ता आवेदन दिन पाउने व्यवस्था भए पनि बढी आवेदन परेका कारण दामासहीले बाँडफाँड गर्दा सञ्चयकर्ताले बढीमा ४० कित्तासम्म पाउने भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।