जनता बैंकको बोनस पाउन कर तिर्नुपर्ने

Apr 01, 2018 Merolagani

जनता बैंकले गत असार ३० गते पश्चात सेयर खरिद गरेका सेयरधनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरिएको १४.४० प्रतिशत बोनस सेयर प्राप्त गर्न बोनस सेयर वापत लाग्ने कर तिर्नुपर्ने जनाएको छ ।

जनता बैंकले पुस २८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाका लागि गते सेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार चालु अर्थिक वर्षको असार मसान्त पछि र सेयरधनी किताब बन्द हुनुभन्दा अगाडि पुस १० गतेसम्म सेयर खरिद गरेर बोनस पाउन योग्य सेयरधनीले बोनस सेयर बापत लाग्ने कर बुझाउनुपर्ने हुन्छ ।

यस्तो कर जनता बैंकको खाता २३६००००१९ मा तथा बैंकको सेयर रजिष्ट्रार काठमाण्डौं क्यापिटलको ज्योति विकास बैंकमा रहेको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गरि सो भौचर सहित काठमाण्डौं  क्यापिटलमा बुझाउनुपर्नेछ ।

बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नुपर्ने सेयरधनीको विवरण बैंक र क्यापिटलको दुबैको वेवसाइटबाट हेर्न सकिने जनाइएकाे छ ।

असार मसान्त भन्दा अगाडि सेयरधनी रही बोनस पाउन योग्य रहेका सेयरधनीले बोनसमा लाग्ने कर तिर्नुपर्ने नभएकाले सिडिएस एण्ड क्लियरिङ्गमा बोनस सूचीकृत भएपश्चात सेयरधनीको हितग्राही खातामा नै पठाइने बैंकको सेयर रजिष्ट्रार काठमाडौं क्यापिटलले जनाएको छ ।

बैंकले चुक्ता पूँजीको १४.४० प्रतिशत बराबरको एक करोड ७० हजार ९१९ कित्ता सेयर बोनस वितरण गरेको थियो । बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।