गैरकानुनी ढंगवाट सेयर निष्काशन नगर्न बोर्डको निर्देशन,शर्तक रहन लगानीकर्तालाई सुझाब

Apr 02, 2018 merolagani



नेपाल धितोपत्र बोर्डले कतिपय जलविद्युत कम्पनीहरुले बोर्डको अनुमति विना शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाउदै त्यसो नगर्न निर्देशन दिएको छ । साथै बोर्डले बोर्डको अनुमति विना निष्काशन भएका सेयरमा लगानी नगर्न लगानीकर्तालाई सुझाब समेत दिएको छ ।

बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको पाइएकोले यस सम्वन्धमा वोर्डको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।

यसरी धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानुनी भएकोले वोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन गर्न सम्वन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई बोर्डको निर्देशन छ ।

साथै गैरकानुनी ढंगवाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि लगानीकर्तालाई सर्तक गराएको छ ।

वोर्डले विगतमा यस्ता गैर कानुनी ढंगवाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थाहरुलाई धितोपत्र निष्काशन गर्न रोक लगाएको र लगानीकर्ताहरुलाई समेत सर्तक गराइएको व्यहोरा समेत जानकारी गराईन्छ । बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।