सेयरबजार घटेकोप्रति राष्ट्र बैंक चिन्तित, धितोकर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको माग

Apr 04, 2018 merolagani

सेयरबजारका लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउन माग गरेका छन । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटेर लगानीकर्ताले  सेयर बजार सुधारका लागी चार बुँदे माग राखेका हुन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलले गभर्नर नेपाललाई भेटगरी वर्तमान अवस्थामा नेपालको पूँजीबजार निरन्तर घट्ने क्रममा रहेको र शेयरमूल्य न्यून विन्दुमा भएको हुँदा वर्तमान समयमा लगानीकर्ता चरम मारमा परेको भन्दै बजार सुधारका लागि माग पत्र पेश गरिएको नोवल इनिसियसन नेपालका अध्यक्ष सिताराम थपलियाले मेरो लगानीलाई जानकारी दिए ।

लगानीकर्ताहरुले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउनु पर्ने, सेयर धितो कर्जामा लगाइएको पूँजीगत जोखिमको भार १५० प्रतिशतबाट घटाएर सय प्रतिशतमा झार्नुपर्ने, प्रत्येक स्थानीय तहमा पहँुच पुग्नेगरी वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितो कर्जा प्रवाह गर्दाका बखतमा आएको हकप्रद सेयर तथा बोनस सेयरलाई समेत धितोमा समावेश गर्ने व्यवस्था गर्न माग गरेको छ ।

सो भेटका क्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर बजार निरन्तर घटेकोप्रति राष्ट्र बैंक चिन्तित रहेको उल्लेख गर्दे समस्या समाधानका लागि राष्ट्र बैंकमा छलफल गरिने बताए । साथै बैंकहरुमा निक्षेप धमाधम बढिरहेकाले तरलताको अवस्था सहज हुँदै गएकाले लगानीकर्ता आत्तिनुनपर्ने अवस्था नरहेको गभर्नर नेपालको भनाई छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।